शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको आरोपमा पक्राउ परेका विद्यार्थी नेता राई बर्खास्त

बलात्कारको आरोपमा पक्राउ परेका विद्यार्थी नेता राई बर्खास्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- १८ वर्षीया किशोरी बलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राईलाई बर्खास्त गरिएको छ । 

प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा आरआर क्याम्पसका स्ववियू सहसचिव राईलाई स्ववियूले बर्खास्त गरेको हो । 

विज्ञप्ति जारी गर्दै स्ववियू सभापति तपेन्द्र शाहीले राईलाई बर्खास्त गरिएको जानकारी दिए । विज्ञप्तिमार्फत राईलाई आगामी दिनमा स्ववियूका कुनैपनि कार्यक्रममा सहभागि नगराइनेसमेत जानकारी दिइएको छ । 

किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार विहान पक्राउ गरेको थियो ।

पीडित किशोरीले सोमबार राति प्रहरीलाई सम्पर्क गरि राईले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसलगत्तै प्रहरीले किशोरीलाई उद्धार गरेको थियो । राईले काम छ भन्दै बोलाएर आफ्नै साथीको कोठामा लगेर बलात्कार गरेको किशोरीले बताएकी छन् ।

महानगरीय परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले घटनाबारे आरोपितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।