शनिबार, साउन ३०, २०८३

शक्तिशाली भूकम्पबाट फिलिपिन्समा ६ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दक्षिणी फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका परि कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

मंगलबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएको फिलिपिन्सका अधिकारीले बताएका छन्।  करिब १ मिनेटसम्म धक्का महशुस गरिएको भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ। 

भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार मंगलबार बिहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर गएको थियो। भूकम्प गएलगत्तै ५.८ म्याग्निच्युडको परकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पपछि दर्जनौ साना परकम्प गएको जनाइएको छ । 

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको छ। दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।