चितवन- नेपाली कांग्रेसले चितवनमा आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ ।
भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।
काङ्ग्रेस महामन्त्री डा। शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६ ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी घोषणा भए अनुसार भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षमा अमृत हमाल, खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नं ५ को अध्यक्षमा प्रतिमा कार्की बस्नेत उम्मेदवार हुने भएका छन् ।
भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्व विजय बस्नेतको नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी निधन भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४