शनिबार, साउन ३०, २०८३

तिहारमा मात्रै १० अर्बको सुनचाँदीको कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तिज र दसैंमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा फस्टाएको छ । तिहारको पाँच दिनको अवधिमात्रै १० अर्ब रुपैयाँको कारोबार भएको छ। 

नेपाल सुनचाँदी महासंघका अनुसार यो कारोबार अपेक्षा गरिएको भन्दा दोब्बरले बढि हो । यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको महासंघले जनाएको छ । 

तिहारमा भएको सुनचाँदीको कारोबारलाई व्यवसायीहरुले उत्साहजनक भनेका छन् । सुस्ताएको कारोबार फेरि फस्टाएको अनुभूति तिहारको व्यापारले गराएको छ  । महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने । 

वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । यसपटक ३५ प्रतिशतभन्दा बढि कारोबार भएको व्यवसायीको ठहर छ । 

सुनको भाउ अकस्मात आकाशिएपछि यसको कारोबार सुस्ताएको थियो । तिजको मुखसम्म आइपुग्दा सुन प्रतितोला ७३ हजारसम्म पुगेको थियो । तर, यो क्रमश घट्दै तिहारसम्ममा ७० हजारसम्ममा आइपुगेको थियो । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।