शनिबार, साउन ३०, २०८३

घर झगडा मिलाउन गएका छिमेकीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको  हत्या गरेका छन् ।

स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्‍याएपछि  उनको मृत्यु भएको उनले बताए । 

मानसिक सन्तुलन ठिक नभएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।