काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको टी-२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
आईसीसीले अद्यावधिक गरकेो टी-२०को नयाँ वरियतामा नेपाल १२ औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १३ औं स्थानमा थियो।
नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ। एसोसियट राष्ट्रमध्येको टी-२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ।
टी-२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा छ। यस्तै, इग्ल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो र भारत चौथो स्थानमा रहँदा अस्ट्रेलिया पाँचौ, न्युजिल्यान्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेस्ट इन्डिज १० औं र जिम्बाबे ११ औं स्थानमा छन्। युएई भने १३ औं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४