काठमाडौं- काठमाडौंको गुर्जुधारामा ट्रक बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ५० २५ नम्बरको ट्रक गुर्जुधारामा दुर्घटना हुँदा चालक मकवानपुरका २५ वर्षका अंकित तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङको उपचारका क्रममा ओम समाज अस्पतालमा ज्यान गएको हो ।
घाइते सहचालकको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४