शनिबार, साउन ३०, २०८३

भारतमा दाजुभाइ सहित तीन नेपालीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- भारतको पिथौरागढमा तीन जना नेपाली मजदुरको हत्या भएको छ। 

बैतडीको पुरचौँडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा, २७ वर्षीय बीरा बोहरा र सोही ठाउँ वडा नम्बर ४ भटना तडिखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । 

उनीहरुको कार्तिक ८ गते हत्या भए पनि आईतबार मात्रै जानकारी भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए। 

उनीहरुको धारिलो हतियारले रेटेर हत्या गरिएको खबर प्राप्त भएको उनले बताए। उनका अनुसार हरे बोहरा र बीरा बोहरा सहदोर दाजुभाइ हुन्। 

उनीहरु पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ बर्ष यतादेखि मजदुरी गर्दै आएका थिए । 

मृतकहरुको शव पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ। 

केही महिना अघि मात्रै दाजुभाउजुलाई भेट्न पिथौरागढ गएका बीरा बोहरा पनि उतै मजदुरी गर्न थालेका थिए । 

कसले किन हत्या गर्‍यो भन्ने खुल्न नसके पनि हरे बोहराकी श्रीमती किर्रा फरार रहेकाले सो घटनामा उनको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।