शनिबार, साउन ३०, २०८३

साढे पाँच अर्बको भाइमसला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालीको दोस्रो ठूलो चाड तिहारमा फूल, भाइमसला, झिलिमिली बत्ती, कृत्रिम सजावटका सामग्री र माटाका भाँडा बढी खपत हुन्छ। अधिकांश वस्तु स्वदेशमा उत्पादन हुँदैनन्। आयात हुनेमध्ये सबैभन्दा बढी भाइमसला हो। 

गत वर्षको तुलनामा भाइमसला आयातमा एक अर्बभन्दा बढीले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा तिहार लक्षित भाइमसला चार अर्ब ३२ लाख १४ हजार रुपैयाँ बराबरको आयात भएको थियो। यस वर्षको सोही अवधिमा पाँच अर्ब ४२ करोड ३९ लाख ६१ हजार रुपैयाँको भाइमसला आयात भएको छ। साउनदेखि नै यस्ता सामान आयात हुने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सहायक प्रवक्ता कृष्णप्रसाद बजागाईंले बताए। 

काजु, बदाम, पिस्ता, किसमिस, दालचिनी, ल्वाङ, सुकुमेल लगायतका मसला  आयात बढेको छ। गत वर्षको तुलनामा मूल्यवृद्धि ज्यादा भएपछि आयात कम भएको छ। चालू वर्षको पहिलो दुई महिनामा मूल्यवृद्धि ६.१६ प्रतिशतले बढेको छ। मूल्यवृद्धि गत वर्षको सोही अवधिमा ३.८६ प्रतिशत थियो। 

तिहारका लागि भारत, इन्डोनेसिया, पाकिस्तान, चीन, अमेरिका, मलेसिया र थाइल्यान्डबाट मसला आयात हुने गरेको केन्द्रले जनाएको छ। 

तिहार लक्षित गरी ११ करोड ५४ लाख ७४ हजार रुपैयाँ बराबरको नरिवल आयात भएको छ। त्यस्तै, काजु १६ करोड तीन लाख र बदाम १४ करोड ४३ लाख २५ हजार र ओखर ११ करोड १९ लाख ८७ हजारको आयात भएको छ। पिस्ता ४ लाख ५५ हजार, सुपारी २३ करोड ९२ लाख, छोकडा ४८ करोड २८, किसमिस २ करोड ६ लाख, सुकुमेल १४ करोड ६८ लाख बराबरको आयात भएको व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले जानकारी दिए। 

चार करोडको झिलिमिली बत्ती

तिहारमा धेरै खपत हुनेमा झिलिमिली बत्ती पनि पर्दछ। झिलिमिली बत्तीका नेपालबाट ४ करोड २० लाख बाहिरिएको छ। गत वर्ष दुई करोड ९६ लाख रुपैयाँ बराबरको झिलिमिलि बत्ती आयात गरिएको भन्सार विभागले जनाएको छ।

कृत्रिम फूल, माला र सजावटका सामग्री

कृत्रिम फूल, माला र सजावटका सामान वर्षभर नै आयात गरिन्छ। तर, तिहार तथा छठका समयमा यस्ता वस्तु बढी खपत हुन्छन्। अन्य समयमा भन्दा करिब तीन गुणा बढीले यस्ता सामग्री आयात हुने गरेको भन्सार विभागले जनाएको छ।

विभागका प्रवक्ता शिशिर घिमिरेले आव २०७५/०७६ मा एक करोड ७३ लाख ६४ हजार रुपैयाँ बराबरका कृत्रिम फूल, माला र सजावटका सामग्री आयात भएको थियो। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ७३ हजार ८ सय ३७ केजी कृत्रिम वस्तु आयात भएको छ।

स्याउ, केरा जस्ता फलफूल उत्पादन वृद्धि भएकाले आयातमा कमी भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।