शनिबार, साउन ३०, २०८३

भारतीय व्यापारीले नेपाली महिला कुटे    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार बनगाउँ पुगेकी एक नेपाली युवतीलाई त्यहाँका व्यापारीले दुव्यवहार गर्दै कुटपिट गरेका छन्। 

गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन्।

“पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, “सामानको मूल्यबारे विवाद भएपछि पसलेले कुटपिट गरेका हुन्।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कुटपिट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

सामान किनमेल गरी फर्किने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कुटपिट र दुव्र्यवहार गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।