शनिबार, साउन ३०, २०८३

सन्ध्याले जितिन् ‘छमछमी सिजन ४’ को उपाधि 

नेपाल टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी सो ‘छमछमी सिजन ४’ को उपाधि हेटौँडाकी सन्ध्या आचार्यले जितेकी छन्।
 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी सो ‘छमछमी सिजन ४’ को उपाधि हेटौँडाकी सन्ध्या आचार्यले जितेकी छन्। 

शनिबार साँझ काठमाडौंमा भएको ‘ग्रान्ड फिनाले’मा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। 

उपाधिसँगै उनले अल्टो के-१० गाडी पाइन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उनलाई गाडीको चाबी हस्तान्तरण गरे। 

प्रतिष्पर्धामा महोत्तरीका नेसन सुश्लिङ मगरले फस्ट रनरअप हुँदै नगद पाँच लाख रूपैयाँ पाए। यस्तै, झापाकी दिलमाया लिम्बूले सेकेन्ड रनरअप हुँदै नगद तीन लाख रूपैयाँ हात पारिन्।  

२०७५ कात्तिक १७ गते सुरु भएको प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।