शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुन्डा नाइकेसहित २५ जुवाडे पक्राउ, २ करोड ६७ लाख बरामद

गुन्डा नाइकेसहित २५ जुवाडे पक्राउ, २ करोड ६७ लाख बरामद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गबाट दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । 

 विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति छापा मारि ठूलो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो मात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 

राससका अनुसार पक्राउ पर्नेमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ छन् । 

यसैगरी सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् ।

बले भनेर चिनिने बलराम सापकोटा गुन्डा नाइके भएको प्रहरीले जनाएको छ । उनी प्रहरीको निगरानीमा थिए । पक्राउ परेका सबैलाई कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।