शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सव-ईन्जिनियर र एक्सकाभेटर चालक घुससहित नियन्त्रणमा 

सव-ईन्जिनियर र एक्सकाभेटर चालक घुससहित नियन्त्रणमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 
काठमाडौं- प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सव–ईन्जिनियर सन्दीप पौडेल र एक्सकाभेटर चालक विक्रम बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

विद्यालयको भवन निर्माण कार्यको अन्तिम किस्तावापतको रकम निकासा गर्ने क्रममा सेवाग्राहीबाट लिएको एक लाख २० हजार घुससहित उनीहरुलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ।

पौडेलले सेवाग्राहीसँग पटक–पटक घुस मागेर हैरान बनाएको भन्ने सूचनाका आधारमा दुई जनालाई शुक्रबार नियन्त्रण्मा लिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। 

बस्नेतले घुस लिन मतियारको रुपमा काम गरेको आयोगले जनाएको छ। पौडेल करार सेवाका कर्मचारी हुन्। थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।