शनिबार, साउन ३०, २०८३

मोतिहारी-चितवन ग्यास पाइपलाइन शिलान्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्सा- मोतिहारी-चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तार सुरु गरिएको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित निर्माणस्थलमा संकेत पिल्लर गाडेर पाइपलाइन शिलान्यास गरेका हुन्।  
 
मोतिहारी-चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज-चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ। अमलेखगञ्जबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने नेपाल आयल नियमले जनाएको छ।
 
देशका विभिन्न भागमा पाइपमार्फत् इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तार थालनी गरिएको यादवले बताए। उनले देशभर पाइपमार्फत् इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तार भएको जानकारी दिए। उनले पेट्रोलियम पदार्थ मात्र नभई खाना पकाउने ग्याससमेत पाइपमार्फत् ल्याउन सुरुवात भएको बताए। 

अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्न अनुमानित लागत पाँच अर्ब ६७ करोड रूपैयाँ लाग्ने र पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि चार अर्ब १९ करोड रूपैयाँ लाग्ने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। उनले अमलेखगञ्जमा भण्डारणका लागि पर्याप्त जग्गा नभएको कारण चितवनसम्म पाइपलाइन विस्तार गर्न लागिएको बताए। चितवनमा इन्धन तथा खाना पकाउने ग्यासको भण्डारण गरिए मुलुकको अन्य भागमा सहजै आपूर्ति गर्न सकिने निर्देशक भट्टराईको भनाइ थियो।
 
दोस्रो चरणको पाइपलाइन विस्तारसँगै चितवनको लोथरमा एक लाख किलोलिटर भण्डारण गर्न ट्यांकी निर्माणसमेत हुने आयल नियमले जनाएको छ। भारत विहारको मोतिहारी हुँदै चितवनको लोथरसम्म कूल १३१ किलोमिटर ग्यास पाइपलाइन निर्माण गर्ने योजना छ।

मोतिहारी-चितवन ग्यास पाइपलाइन नामाकरण गरिएको यस परियोजनामा करिब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। पाइपलाइन निर्माणका लागि ११ अर्ब १९ करोड रूपैयाँ र ग्यास भण्डारणका लागि ट्यांकी निर्माणमा तीन अर्ब ८१ करोड रूपैयाँ लाग्ने निगमको अनुमान छ। 

भारतीय सीमा रक्सौलदेखि चितवनसम्म ९८ किलोमिटर लामो पाइपलाइन निर्माण हुनेछ। पाइपबाट आएको ग्यास भण्डारण गर्न २० हजार मेट्रिक टनको ट्यांकी निर्माण हुनेछ। 

दुवै परियोजनाको सम्भाव्यता अध्ययन नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्तरूपमा गरी विस्तृत प्रतिवेदन प्राप्त भएपछि मात्र कूल लागत तथा समय निर्धारण गरिने निगमले जनाएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।