शनिबार, साउन ३०, २०८३

बायोमेट्रिक हाजिरीले समयमा आउन थाले शिक्षक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- तोकिएको समयमा शिक्षक विद्यालय नआउने सामुदायिक विद्यालयहरुमा ठूलो समस्या छ। खास गरेर प्रदेश २ कासामुदायिक विद्यालयहरु यसका कारण बदनाम नै भएका छन्। शिक्षक समयमा विद्यालय नआइदिँदा त्यसको प्रत्यक्ष प्रभाव अध्ययनरत विद्यार्थीहरुमा पर्न थालेपछि यसको विकल्प खोजी गरिएको छ।

शिक्षकहरु समयमा विद्यालय नआउने समस्या प्रदेश २ का अन्य स्थानीय तहहरु झैं धनुषास्थित नगराईन नगरपालिकाले पनि झेल्दै आइरहेको छ। नगराईन नगरपालिकाभित्र दुई माविसहित कूल १५ वटा सामुदायिक विद्यालयहरु छन्। नगरपालिकाको मुकाम नगराईनस्थित राजेश्वर निधि माविमासमेत समयमा पुग्ने शिक्षक बिरलै भेटिन्थे।

तर अहिले त्यहाँ यस्तो समस्या छैन। विगत केही दिनयता सबै शिक्षक समयमै विद्यालयमा हाजिर भएको देखिन्छ। र, यसको कारण बनेको छ ‘बायोमेट्रिक’ हाजिरी प्रणाली।

शिक्षकहरु समयमा विद्यालय नआउने समस्या अन्त्य गर्न नगराईन नगरपालिका कार्यालयले राजेश्वर निधि माविमा ‘बायोमेट्रिक’ हाजिरी प्रणाली लागू गरेको छ। ‘बायोमेट्रिक’ हाजिरी प्रणाली लागू भएयता शिक्षकहरु समयमै विद्यालय पुगेर तोकिएको अवधिपछि मात्रै बाहिर निस्कने गरेका छन्।

शिक्षकहरुले विद्यालयमा हाजिरी गरे पनि नगरपालिकाले आफ्नै कार्यालयबाटै अनुगमन हेर्नसक्ने व्यवस्था बनाएको छ। 

नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले विद्यालयमा शिक्षकहरु समयमा नआइदिँदा प्रत्यक्षरुपले प्रभावित हुने विद्यार्थीहरुको हितका लागि ‘बायोमेट्रिक’ प्रणाली जडान गरिएको बताउँछन्। 

यसअघि समयमा विद्यालय नआउने शिक्षकहरु अहिले तोकिएकै समयमा आउन थालेको हाजिरी देखाउँदै उनले भने, ‘कुन शिक्षक कतिखेर आउनु हुन्छ, कतिखेर निस्कनु हुन्छ हामी कार्यालयमै बसेर हेर्नसक्ने व्यवस्था मिलाएका छौं।’

प्रशासकीय अधिकृत सोनुले तत्काल नगरपालिका अन्तर्गत राजेश्वर निधि मावि र फुलगामास्थित गिरिमा माविमा ‘वेव बेस्ड’ हाजिरी प्रणाली सञ्चालन भइसकेको र कही दिनभित्रै अन्य विद्यालयहरुमा जडान गरिने जानकारी दिए।

जडान गरिएको प्रणाली नेपाल सरकारको ‘गभर्नमेन्ट क्लाउड’ सिंहदरबारबाट सञ्चालित भएको हुनाले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको दैनिक र मासिक हाजिरी विवरण नगरपालिकाले अनलाईन अनुगमन गर्नसकिने उनले बताए।

‘यसअघि कमै शिक्षक समयमा विद्यालय आउनुहुन्थ्यो, यसको प्रत्यक्ष प्रभाव विद्यार्थीले झेल्नु परेको थियो,’ उनले भने, ‘अहिले त्यो समस्या टरेको छ। उहाँहरु मध्ये कतिपय त तोकिएको समयभन्दा अगावै विद्यालय आइरहनु भएको छ। विद्यार्थी र अभिभावक पनि खुशी भएका छन्।’

स्थानीय तहभित्र शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार आफ्नो प्राथमिकतामा रहेको बताउँदै उनले प्रत्येक सामुदायिक विद्यालयमा एक/एक डिजिटल कक्षा तयार पार्नसमेत बजेट विनियोजन गरिएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।