शनिबार, साउन ३०, २०८३

चितुवाको छालासहित दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रुकुमपश्चिम- जिल्लामा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुमपूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका-१४ का २१ वर्षीय अर्जुन भनिने छाया बिक र दाङकाे घोराही उपमहानगरपालिका-१२ का १९ वर्षीय गणेश नेपाली छन्। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका-७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अंग (ओखेटोपहार) छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवैलाई शंकास्पद अवस्थामा बाटोमा आउँदै गरेको बेला तलासी गर्दा सेतो रङको प्लास्टिक बोराभित्र चितुवाको छाला फेला परेको थियाे। 
 
पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खड्काले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।