आइतबार, साउन ३१, २०८३

जनकपुरमा गोली हानी एक जनाको हत्या, अभियुक्त पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुर- धनुषाको जनकपुरधाम १ मा गोली हानेर एक व्यक्तिको हत्या गरिएको छ । 

पंकज चौधरीले चलाएको गोली लागेर ४० वर्षीय मनोज साहको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । घटना पंकज चौधरीको घरमा भएको हो । 

प्रहरीका अनुसार गोली प्रहारबाट घाइते साहलाई प्रहरीले अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको हो। 

चौधरीलाई प्रहरीले गोली हानिएको स्थानबाटै पक्राउ गरेको छ । उनको साथबाट १ थान अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली तथा १ थान कटुवा पेस्तोल र सोको ३ राउन्ड गोली बरामद भएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । 

दुबै जना निर्माण ब्याबसायी भएको र पैसाको लेन देनमा बिवाद हुँदा गोली हानीएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी खनालले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।