बुधबार, असार १८, २०८२

दोहोरो अङ्कले घट्यो नेप्से 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ। दसैंको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ। सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बीमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्