काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बिदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन्। उनीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुगेका छन् ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानस्थलमा पुगेका हुन्। उनी शनिबार काठमाडौं आएका थिए ।
सीको नेपाल भ्रमणको अवसरमा नेपाल र चीनबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
चिनियाँ राष्ट्रपति सीले नेपालको पहाडी तथा हिमाली क्षेत्रको विकासको लागि ५६ अर्ब रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४