शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल र चीनबीच २० सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर 

नेपाल र चीनबीच २० सम्झौता तथा सहमतिपत्रमा हस्ताक्षर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल र चीनबीच २० सम्झौता तथा सहमतिपत्रमा  हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङकाे उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा सम्बन्धित देशका अधिकारीले हस्ताक्षर गरेका छन्। 

समझदारीमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, पर्यटनलगायत विषय समेटिएका छन्। यस्तै, काठमाडौ महानगरपालिका र चीनको नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापनाको बारेमा पनि सहमति भएको छ।

आइतबार होटल सोल्टीमा सम्पन्‍न नेपाल-चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठकले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो।

बैठकमा नेतृत्व नेपालका तर्फबाट प्रधानमन्त्री ओली र चीनका तर्फबाट राष्ट्रपति सीले गरेका थिए।

बैठकमा नेपाल-चीन बहुआयमिक सम्बन्धका पक्षमा छलफल गरिएको थियो। यसअघि दुई देशबीच भएका सन्धि तथा सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।