शनिबार, साउन ३०, २०८३

साफ यू-१५ : नेपालले भुटानको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भुटानमा जारी तेस्रो संस्करणको यू-१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो लिगको अन्तिम खेल आज (आईतबार) भुटानसँग खेल्दै छ। खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

प्रतियोगितामा दुई खेल खेलीसकेको नेपाल जित विहिन छ। पहिलो खेलमा भारतसँग ४-१ गोलले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित भएको थियो। 

सुरुवाती दुई खेल गुमाएसँग नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। यता आयोजक भुटान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले यो खेल दुबै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुने छ। नेपाल लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ। 

नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसँगै भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भैसकेको छ। फाइनलमा भिड्नु पूर्व भारत र बंगलादेशले लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा एक पटक पहिले नै भिड्ने भएका छन्। यी दुई टोलीबीचको खेल पनि आजै हुनेछ। 

उपाधि जित्ने लक्ष्य सहित भुटान गएको नेपाली टोली तीनवटै स‌ंस्करणमा लिग चरणाबाटै बाहिरिएको छ।  प्रतियोगिताको पहिलो संस्करणको उपाधि बंगलादेश र दोस्रो संस्करणको उपाधि भारतले जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।