आइतबार, साउन ३१, २०८३

दसैं नमनाउने सहर खोकना (तस्बिरहरु)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर- जावलाखेलबाट करिब ७ किलोमिटर दक्षिणतर्फ भैंसेपाटी हुँदै खोकना पुगिन्छ । 

देशैभर दसैंको चहलपहल भइरहँदा यो पुरानो नेवार वस्तीमा भने दसैं लागेको छैन । अधिकांश परिवार हिन्दू भए पनि यहाँ घटस्थपनामा जमरा राखिंदैन, दसैंको टीका पनि हुँदैन । 

यो वस्तीले दसैं मनाउन छाडेको करिब २०० वर्ष भइसकेको स्थानीय वासिन्दा बताउँछन् । बरु दसैंका बेला खोकनमा सिद्धिकाली जात्रा हुन्छ । जसलाई स्थानीय लवजमा सिकाली जात्रा पनि भनिन्छ। अहिले खोकनामा सिकाली जात्राकै धुमधाम छ ।

घटस्थापनादेखि सप्तमीसम्म एक हप्ता लामो सिकाली जात्रामा रुद्रायणी देवीका साथै विभिन्न देवी देवताहरूको पूजा गरिन्छ । 

जात्राका बेला आफन्तहरु भेला भई भोज गर्ने चलन छ । जात्राको व्यस्तता ले गर्दा दशैं मनाउन बिर्सेको, नभ्याएको बताउँछन् यहाँका बुढापाका । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।