रसुवा- रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनामा भिषण आगलागी भएको छ ।
आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको हो । सोमबार राति करिब ११ बजे आयोजना आगालागी भएको प्रहरीले जनाएको छ । आगो चिनियाँ टोलीले करिब आधा घण्टापछि नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ । प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री आगलागीबाट जलेका छन् ।
आगआगलागी हुनुको कारण खुलेको छैन । आयोजनाका अनुसार आगलागी हुनुको कारण अनुसन्धान भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४