आइतबार, साउन ३१, २०८३

‘दशैंमा मासुको अभाव नहुने’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने जिकिर गरेका छन्। आइतबार आयोजना गरिएको साक्षात्कार कार्यक्रममा उनले बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने चेतावनी दिए।
    
उनले दशैँमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए। मन्त्री खनालले आवश्यक परे आफू पनि अनुगमनमा जाने जानकारी गराए।

अष्टमीदेखि दशमीसम्म तीन दिन नेपालमा अधिक मासुको खपत हुने गरेको छ। सोमध्ये उपत्यकामा मात्र तीन दिनका लागि ३५ लाख खसी बोकाको खपत हुने अनुमान गरिएको छ। मासुको अभाव हुन नदिन पशुपक्षी विभागले आयातमा प्रतिबन्ध भने लगाएको छैन। आयातित पशुपक्षीको अनिवार्य जाँच हुनुपर्ने जनाएको छ।

पशुसेवा विभागको तथ्याङ्कमा यसवर्ष काठमाडौँ उपत्यकामा छ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ। खसीबोका बाहेक, कुखुरा नौ लाख र राँगा १५ लाख किलो आवश्यक पर्छ। 

उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ, भने त्यसका अतिरिक्त खाद्य संस्थानले दुई हजार र निजी व्यवसायीले छ हजार भेडाच्याङ्ग्रा ल्याउने भएका छन्।
    
व्यापारीले उपत्यकामा तराईका २२  जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका तथा मनाङ्, मुस्ताङ्, रसुवा तथा तिब्बत्बाट भेडाच्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन्। तीन दिन दशैँमा माछा, भेडाच्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बङ्गुर, सुङ्गुर र बँदेलको मासु पनि खपत हुन्छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।