आइतबार, साउन ३१, २०८३

अपरिचित समूहको कुटाईबाट गाउँपालिकाका अधिकृत घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत परशुराम उपाध्यलाई अपरिचित समूहले कुटपिट गरेको छ। कुटपिटबाट अधिकृत उपाध्याय गम्भीर घाइते भएका छन्।

उपाध्यायको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। टाउकोमा ११ वटा टाँका लगाएको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि गृह मन्त्रालयसँगको समन्वयमा हेलिकप्टरबाट आज नै कोहलपुर मेडिकल कलेज पठाइएको छ।

मुगुका डिएसपी भवनेश्वरप्रसाद शाहका अनुसार ९ जनाको समूहमा आएको समूहले अधिकृत उपाध्यक्षमाथि कुटपिट गरेको हो। कुटपिटमा संलग्नहरुको खोजी गरिरहेको प्रहरीले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।