आइतबार, साउन ३१, २०८३

मुलुक चाँडै ‘भिखारीमुक्त’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चाँडै भिखारीमुक्त देश घोषणा गरिने बताएका छन्। खुला दिसामुक्त राष्ट्र घोषणा गर्न राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब केही दिनमै नेपाललाई भिखारीमुक्त राष्ट्र घोषणा गरिने बताए।

प्रधानमन्त्री ओलीले ‘सडक मानव’ मुक्त देशको पनि घोषणा हुने जानकारी दिएका छन्। सडक मानवमुक्त र भिखारीमुक्त राष्ट्र घोषणाका लागि काम अगाडि बढेकोसमेत प्रधानमन्त्रीले जनाएका छन्।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको नकारात्मक पक्षलाई मात्र उजागर गरिएकोमा दुःख व्यक्त गरे।

दक्षिण एसियामै नेपाल खुला दिसामुक्त पहिलो राष्ट्र भएको दाबी गर्दै प्रधानमन्त्रीले भने, ‘यसले हाम्रो समृद्धिको नारालाई साकार पार्नेछ।’

विकास निर्माणमा देश प्रत्येक दिन एक कदम अगाडि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिमा देश अगाडि बढेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।