आइतबार, साउन ३१, २०८३

संस्थानले तोक्यो खसी र च्याङग्राको मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल खाद्य संस्थानले खसी र च्याङग्राको मूल्य तोकेको छ। सोमबार बसेको संस्थानको बैठकले खसी र च्याङग्राको मूल्य तोकेको हो। संस्थानले जिउँदो खसीको मूल्य किलोको ५५० र च्याङग्रा किलोको ७३० तोकेको छ।
 
निजी व्यवसायीले जिउँदो खसी ६२० र च्याङग्रा ७६० मा बिक्री गर्दै आएका छन्। संस्थानले निजी व्यवसायीको मूल्यभन्दा खसीमा रु ७० र च्याङग्रामा रु ३० कम गरेर बिक्री मूल्य तोकेको हो।
 
यो मूल्यमा सरकारले १० रुपैयाँ अनुदान दिएका कारण थप सहुलियत भएको हो। संस्थानले दशैंमा बिक्रीका लागि तीन हजार खसी र च्याङग्रा ल्याएको जनाएको छ। मूल्य निर्धारण भएसँगै संस्थानले आजदेखि नै खसी र च्याङग्रा बिक्री वितरण सुरु गरिसकेको छ।
 
बजारमा दशैंको लागि ल्याइएका खसी र च्याङग्राको बजार मूल्य अस्वाभाविक रुपमा बढाउने गरेका कारण मूल्यमा हस्तक्षेप गर्नका लागि पनि संस्थानले खसी र च्याङग्रा ल्याएर बिक्री गर्ने गरेको हो। संस्थानले खसी र च्याङग्रा बिक्री गरेकै कारण निजी व्यवसायीले अस्वभाविक मूल्य निर्धारण गर्न पाउँदैनन्।
  
संस्थानले बिक्री गर्ने खसी र च्याङग्रामा सर्वसाधरणको विश्वास रहीआएको छ। संस्थानले आफूले बिक्री गर्ने गरेको खसी र च्याङग्राको निरोगितासमेत परिक्षण गर्ने गरेको छ।

संस्थानका अनुसार सोमबारसम्म ३७० खसीबोका र ५५० च्याङग्रा काठमाडौं आइसकेका छन्। बाँकी एकदुई दिनमा नै काठमाडौं आइपुग्ने संस्थानले जनाएको छ। खसीबोका १६ गतेसम्म काठमाडौं भित्रने खाद्य संस्थानका सूचना अधिकृत शर्मिला न्यौपानेले जानकारी दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।