काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालमाथि तनहूँमा आक्रमणको प्रयास भएको छ।
रिसिङ्ग गाउँपालिकाको भवन शिलन्यास गर्न तनहूँ पुगेका रिजालमाथि नेकपाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन्।
रिसीङ्ग गाउँपालिका नेपाली कांग्रेसको पकड क्षेत्र हो। कांग्रेस कार्यकताको बाक्लो उपस्थितीका कारण रिजालमाथि भौतिक आक्रमणको प्रयास विफल भएको छ।
नेपाल समयसँग कुरा गर्दै नेता रिजाललले भने ‘प्रहरी प्रशासनको आडमा नेकपा कार्यकर्ताले भौतिक आक्रमणको प्रयास गरेका थिए।
बाटोमा रुख काटिएर बाटो अबरुद्ध गरिएको थियो भने रिजालमाथि आक्रमणका लागि खाली शिशा तथा ढुङ्गा थुपारिएको थियो।
उक्त घटनाबारे रिजालले भने, ‘नेकपाले लोकतन्त्र मास्ने उदेश्यले नियोजित आक्रमणमा उत्रिएका छन्, म यसको घोर भत्र्सना गर्दछु।’
नेकपा कार्यकर्ताको आक्रमण प्रयास र बाटो अबरोधका कारण रिसिङ्ग गाउँपालिकाको भवन शिलन्यास ३ घन्टा ढिलो सुरु भएर भर्खरै सकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४