आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लमजुङमा पहिरोले स्करपियो पुर्‍यो : मनाङ जाने सडक अवरुद्ध

लमजुङमा पहिरोले स्करपियो पुर्‍यो : मनाङ जाने सडक अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

लमजुङ- बेंसीसहर-चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका–४, स्याँगेमा पहिरोले स्करपियो जीप पुरेको छ । 

काठमाडौंबाट मनाङ घुम्न यात्रु लिएर आएको बा१६च ५०६८ नं को स्करपियोलाई शनिबार बेलुका पहिरोले पुरेको हो । पहिरोले सवारी साधनमा क्षति पुर्‍याए पनि यात्रु भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

पहिरोबाट आएको ढुंगाले गाडी थिचिएको यात्रु सिसा फोडेर भाग्न सफल भएको प्रहरीले बताएको छ । गाडीमा चालकसहित ५ जनाको टोली सवार थियो । 

स्याँगेको दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।