आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राउत भन्छन्, ‘खुला सीमाका कारण सुरक्षा चुनौती बढ्यो’

मुख्यमन्त्री राउत भन्छन्, ‘खुला सीमाका कारण सुरक्षा चुनौती बढ्यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुला सीमाका कारण सुरक्षा चुनौती बढेको जिकिर गरेका छन्।

शान्ति सुरक्षा प्रदेश सरकारको प्राथमिकतमा रहे पनि खुला सीमाले सुरक्षा चुनौती थपेको राउतको भनाइ छ।

जनकपुरमा आयोजित दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको र सिमित स्रोतसाधनका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती देखिएको बताए।

संघीयता कार्यान्वयनमा आइसकेकोले संघीय, प्रदेश र स्थानीय सरकार एकआपसमा समन्वय र सहकार्य गरेर अगाडि बढे अपराधिक घटना धेरै हदसम्म न्यूनिकरण गर्न सकिने उनले विश्वास व्यक्त गरेका छन्।

प्रदेशको शान्ति सुरक्षा सबैको दायित्व रहेको भन्दै सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन्।

गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा शुक्रबार र शनिबार चलेको सुरक्षा गोष्ठीमा प्रदेशको शान्ति सुरक्षा र अपराध न्यूनिकरणबारे छलफल भएको छ।

गोष्ठीमा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द्र भट्ट, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगयातका अधिकारीहरुको सहभागिता रहेको थियो।

यसैगरी गोष्ठीमा प्रदेश २ को आठ जिल्लाक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, नेपाली सेनाका अधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।