शनिबार, साउन ३०, २०८३

१२४ घण्टा पढेरै मुकेशको कीर्तिमान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लगातार १ सय २४ घण्टा ३० मिनेट पुस्तक पढेर बझाङका मुकेशराज जोशीले विश्व कीर्तिमान कायम गरेका छन्।

असोज ५ गते बिहान ११:४० देखि पढ्न सुरु गरेका मुकेश असोज १० गते साँझ ४ बजेसम्म लगातार पुस्तक पढेर कीर्तिमान राख्न सफल भएका हुन्।

आफ्नो नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा दर्ता गराई प्रमाणपत्र पाउन १ सय २४ घण्टा ३० मिनेट पढेको भिडियो रेकर्ड फुटेज गिनिज बुकको लन्डनस्थित कार्यालयमा पठाउने तयारी भइरहेको मुकेशले बताए।

‘सुरुमा १ सय २५ घण्टाको रेकर्ड बनाउने भनेर पढ्न बसेपनि पछि ३० मिनेट कमको मात्र रेकर्ड कायम भयो’, मुकेशले भने, ‘तर यो रेकर्ड नै गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्रका लागि पर्याप्त हुन्छ।’
प्रमाणपत्र पाउने कुरामा मुकेश विश्वस्त भए पनि रेकर्ड गरिएको भिडियो प्रमाण लन्डनस्थित कार्यालयले हेरेपछि मात्र उनले कीर्तिमानी प्रमाणपत्र पाउनेछन्।

यसअघि सन् २००८ मा ललितपुरका दीपक शर्मा बजगाईंले १ सय १३ घण्टा पढेर विश्व कीर्तिमान राखेका थिए। यो रेकर्डलाई गत वर्ष मात्रै नाइजेरियाका नागरिकले १ सय २२ घण्टा पढेर तोडेका थिए।

यद्यपि उनको रेकर्ड गिनिज बुकको अफिसियल वेबसाइटमा अपडेट देखिँदैन। नाइजेरियन नागरिकको रेकर्ड गिनिज बुकमा नआउँदै नेपाली युवा मुकेशले नयाँ रेकर्ड कायम गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।