शनिबार, साउन ३०, २०८३

क्यान चुनाव जारी, ६ जना निर्विरोध निर्वाचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुँदैछ। क्यानको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन्।

निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि साढे २ बजेको समय छुट्याइएको छ। १७ सदस्यीय कार्यसमितिका लागि २९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। पदाधिकारीमा प्यानलसहित पाण्डे र चन्द चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। सदस्य पदमा भने प्यानल निर्धारण गरिएको छैन। चन्दको प्यानलमा उपाध्यक्ष पदका लागि राजबाबु श्रेष्ठ, सचिवका लागि अशोकनाथ प्याकुरेल र कोषाध्यक्षका लागि रोशन कुमार सिंहको उम्मेदवारी परेको छ। यस्तै पाण्डे प्यानलबाट उपाध्यक्षमा मिग्मा दुन्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गर्दैछन्। नतिजा घोषणा ४ बजेसम्म गरिसक्ने निर्वाचन कमिटिले जनाएको छ।

६ जना निर्विरोध निर्वाचित

क्यानको जारी निर्वाचनमा ६ सदस्य निर्विरोध निर्वाचित भएका छन्। क्यान निर्वाचनमा महिला सदस्यसहित प्रदेश नम्बर २, ४, ५, ६ र ७ का लागि एक/एक जनाको मात्र उम्मेदवारी परेकाले निर्वाचन कमिटीले निर्विरोध निर्वाचित घोषणा गरेको हो।

महिला सदस्यमा एक जनाको मात्र उम्मेदवारी परेकाले जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी हुन्। यसैगरी प्रदेश २ बाट दाउद अन्सारी मोहम्मद, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन्। 

क्यान निर्वाचन : अध्यक्षका चुनावी घोषणा यस्ता

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।