शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी कलेजका विद्यार्थीद्वारा निशुल्क स्वास्थ्य शिविर

गण्डकी कलेजका विद्यार्थीद्वारा निशुल्क स्वास्थ्य शिविर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

गण्डकी नर्सिङ संघको ३४ औँ स्थापना दिवसको अवसरमा सो मेडिकल कलेजमा अध्ययनरत नर्सिङ विभागका विद्यार्थीको पहलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा २०० जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ।

वीएन दोस्रो वर्षमा अध्ययनरत रविना मिश्रका अनुसार प्रशुति तथा महिला विरामी निशुल्क शिविरबाट लाभान्वित भएका छन्।

तोकिएको शुल्क भन्दा बढी शुल्कको विरोधमा गण्डकी मेडिकलका विद्यार्थी एक वर्षदेखि आन्दोलनमा छन्।

गृहमन्त्रालयले तोकिएको शुल्क भन्दा बढी रकम लिएका मेडिकल कलेजलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई समयसीमा तोकेको छ।

मन्त्रालयको आदेशपछि आन्दोलन रोकेका विद्यार्थीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।