शनिबार, साउन ३०, २०८३

नेप्सेको ओरालो यात्रा जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर एक हजार १२९.८० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ। 

नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ। कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ। होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ। यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकस बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ। 

स्टकका अनुसार कारोवारका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु एक करोड ९४ लाख ६१ हजार ९५५ बराबरको शेयर कारोवार भएको छ। यस्तै सानिमा बैंक रु एक करोड २५ लाख नौ हजार ९५४, प्रभु बैंक रु एक करोड १४ लाख ८६ हजार ६११, मेगा बैंक रु एक करोड एक लाख १८ हजार ८२२, नेपाल बैंक लिमिटेड रु ८३ लाख ९७५, एनएलजी इन्स्योरेन्स कम्पनी रु ६६ लाख १९ हजार २७२ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे। 

घटेको बजारमा सिनर्जी पावरका लगानीकर्ताले ७.४६ प्रतिशतले कमाए। यस्तै गुर्खाज फाइनान्स ६.५४, हिमालयन ऊर्जा विकास कम्पनी ५.६६, नेरुडे लघुवित्त वित्तीय संस्था ३.८४, हिमालयन पावर पार्टरन ३.८२ र समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाए। 

त्यस्तै गुमाउनेमा जोशी हाइड्रोपावर ५.२६, विशाल बजार कम्पनी ३.९३, विजय लघुवित्त वित्तीय संस्था ३.९२, आरएमडिसी लघुवित्त वित्तीय संस्था ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।