शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्वलाई लक्षित गरेर जनकपुरमा विशेष सुरक्षा योजना

चाडपर्वलाई लक्षित गरेर जनकपुरमा विशेष सुरक्षा योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- चाडपर्वलाई लक्षित गरेर धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

दशैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर प्रहरीले धनुषामा विशेष सुरक्षा योजना लागू गरेको हो।

चाडपर्वमा शान्ति सुरक्षा सुदृढ बनाई आमनागरिकको जनजीवन सहज र सरल बनाउने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर जनकपुर नगर क्षेत्रभित्र ४ सय ८५ जना प्रहरी परिचालन गरिएको उनले बताए।

खनालले संवेदनशील मानिएका विभित्र १२ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गर्नुका साथै ५२ वटा गस्ती टोली परिचालन भएको जानकारी दिए। 

यसैगरी कतिपय स्थानलाई प्रहरीले सुरक्षा निगरानीमा राखेको छ। सर्वसाधारणको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थामा हुने लुटपाट नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको एसपी खनालको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।