शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशन कांग्रेसका लागि अग्नि परीक्षा : नेता पौडेल

महाधिवेशन कांग्रेसका लागि अग्नि परीक्षा : नेता पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् । 

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले अब निर्मम समिक्षा गरेर अघि बढ्नु पर्ने बताएका हुन् । 

नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले  अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे । “अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने । 

उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए । 
 
‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो, काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ, यसमा सबैले विवेक पुर्‍याउनुपर्छ’’ पौडेलले भने । 

नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छ कि भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएको छ, राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ ’’ उनले भने । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।