शनिबार, साउन ३०, २०८३

पाल्पामा शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पाल्पा- पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । 

पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । बुधरबार राति ११ बजेतिर उनको मृत्य भएको हो ।
 
तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । नर्मलरूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । सुत्केरी महिलाको शल्यक्रियापछि श्रीमान् केशर सूर्यवंशीका अनुसार राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।