आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायी सम्मानित

खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायी सम्मानित

खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायीलाई सरकारले सम्मान गरेको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- खेर गइरहेका सुपारीका पातबाट डिस्पोजेबल प्लेट बनाउने व्यवसायीलाई सरकारले सम्मान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रवर्तनकारी उद्योगीलाई सम्मान गर्ने कार्यक्रमअन्तरगत लिफ प्लस प्रालिलाई सम्मान गरेको हो।

उक्त प्रालिले खेर गइरहेका सुपारीका पातबाट विभिन्न आकारमा नयाँ डिजाइनका डिस्पोजेबल प्लेट उत्पादन गर्दै आएको छ। प्रालिले आफ्ना उत्पादनहरूलाई जर्मनी,  नेदरल्याण्ड्स र अष्ट्रेलिया निर्यात गर्दै आएको छ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले लिफ प्लस प्रालिका साथै ह्याण्डीक्राफ्ट इन्डस्ट्रीज र अनुग्रही हयण्डीक्राफ्ट पनि सम्मानित भएका छन्।

ह्याण्डक्राफ्ट इन्डस्ट्रीजले अनस्याचुरेटेड पोलिष्टरलाई मूर्तिमा धातुको जलप लगाएर नयाँ तरिकारले विभिन्न आकार र स्वरुपका आकर्षक मूर्ति बनाउँदै आएको छ। त्यस्तै अनुग्रह ह्याण्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका हातबुना कलात्मक साडी, कुर्ता, सल, टोपी, ब्याग, रुमाललगायत सामाग्री बनाउँदै आएको मन्त्रालयले जानकारी दिएको छ। 

ती उद्योगले महिला रोजगारी र उद्यमशिलताको विकासमा योगदान पुर्‍याउँदै आएकाले सम्मान गरिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Jul 29, 2021| 10:30 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्