सोमबार, जेठ ७, २०८१

नाबालकबाट मनकलाको हत्या गरिएको प्रहरी दाबी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ की मनकला खत्री खड्काको हत्यामा संलग्नहरूको पहिचान भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

देव राना

देव राना

बिहीबार, साउन १४, २०७८

सुर्खेत- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ की मनकला खत्री खड्काको हत्यामा संलग्नहरूको पहिचान भएको छ। मनकलालाई आफ्नै जेठाजुका छोराहरूले हत्या गरेको पुष्टि भएको हो। हत्यामा संलग्न माइला जेठाजुका छोराहरू हुन् भने हत्या गरिएकी मनकला ठाइलो भाइकी श्रीमती हुन्। नावालक भएका कारण हत्यामा संलग्नहरूको विवरण खुलाइएको छैन।

triton college

रुकुम प्रहरीका अनुसार १५ वर्षीया छोराले हत्या स्वीकार गरिसकेका छन्। उनी कक्षा १० मा अध्ययनरत छन्। ११ वर्षे छोराले भने घटनास्थलमा भए पनि आफूले हत्या नगरेको बताएका छन्। प्रहरीले भने दाजुभाइले मिलेर मनकलाको हत्या गरेको जनाएको छ।

१५ वर्षे छोराले खुर्पा र कोदालोले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। ‘पानी परिरहेको थियो, सान्ज्या (सानीआमा अर्थात मनकला) छाता ओडेर भैसीलाई घाँस हाल्न आएकी थिइन्,’ १५ वर्षीय छोराले प्रहरीसँग बयानमा भनेका छन्, ‘उहाँले घाँस गोठतिर लैजाँदै गर्दा माथिबाट पहिले कोदालेले हिर्काए, उहाँले पनि आक्रमण गरेपछि खुर्पाले हाँनेको हुँ।’ घटनामा प्रयोग भएको हतियार र लुटिएका गहनाहरू प्रहरीले प्रक्राउ गरिसकेको छ। 

उनले केही महिना पहिले पनि मनकलाको हत्या गर्ने प्रयास गरेका थिए। १५ वर्षीय ती बालकले मनकलाको बाकसबाट ७ हजार रुपैयाँसमेत चोरी गरेका थिए। भाइ-भाइबीचको घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। केही समयदेखि मनकला र जेठाजुका परिवारबीच बोलचाल बन्द थियो। 

जेठाजुको परिवारले मनकलाबाट चार लाख रुपैयाँ ऋण लिएको खुलेको छ। घरका सात भाइमध्ये मनकला बाहेकका सबैको जग्गा जमिन माइलाले नै प्रयोग गर्दै आएका छन्। अन्य भाइहरू रोजगारीका सिलसिलमा गाउँ बाहिर छन्। माइला पनि त्रिवेणी गाउँपालिकाको कार्यालय सहयोगी हुन्। पारिवारिक विवादका कारण मनकलाको हत्या भएको प्रहरीको प्रारम्भीक अनुमान छ। 

corrent noodles
Metro Mart

घटनाबारे विस्तृत जानकारी ११ बजेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने रुकुम प्रहरीले जनाएको छ। ‘छोराहरूले हत्या स्वीकार गरिसकेका छन्,’ रुकुमपश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले भने, ‘११ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिन्छौं।’ भैसीलाई घाँस हाल्न गोठ गएका बेला सोमबार राति मनकलाको हत्या भएको थियो।

प्रहरीले मनकलाका जेठाजु (हत्यामा संलग्नका बुवा)लाई समेत नियन्त्रणमा लिएको छ। तर, घटनास्थलमा उनी नभएका कारण दोषी दावी गर्न नसकिएको प्रहरीले जनाएको छ। सर्वसाधारण नागरिक र महिला अधिकारकर्मीहरूले मनकलाको  बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। तर, पोष्टमाटम रिपोर्ट र भेजोनेवल स्वावको रिपोर्ट आइनसकेले बलात्कारको पुष्टि भएको छैन। बयानका क्रममा अभियुक्तले बलात्कार अस्विकार गरेका छन्। पोष्टमार्टममा संलग्न चिकित्सकले पनि बलात्कार भएको प्रमाण नभेटिएको प्रहरीलाई बताएका छन्। मृत्यक मनकलाका एक नाबालक छोरा छन्। उनी सासू आमासँग बस्दै आएकी थिइन्।

प्रकाशित: Jul 29, 2021| 09:50 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।