शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी प्रधानमन्त्री भन्छन्- कश्मिरका लागि जेसुकै गर्न सक्छौं

पाकिस्तानी प्रधानमन्त्री भन्छन्- कश्मिरका लागि जेसुकै गर्न सक्छौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरका लागि आफूहरू कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् । 

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले भारतलाई यस्तो चेतावनी दिएका हुन् । 

भारतले कश्मिरमा धारा ३७० हटाएसँगै पाकिस्तानले यसमा असहमति जनाउँदै आइरहेको छ । 

कश्मिरमा धारा ३७० हटाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ऐतिहासिक भुल’ गरेको प्रधानमन्त्री इमरान खानले बताए । उनले कश्मिर मामलामा ठूला देशहरूले आफ्नो आर्थिक हितका लागि पाकिस्तानलाई समर्थन नगरेको आरोप लगाए । 

ठूला देशले समर्थन नगरे पनि यसबारे संयुक्त राष्ट्र महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउने उनले बताए । 

तर, यदि अन्तर्राष्ट्रिय समुदायले आफ्नो कुरा नसुने परमाणु युद्ध पनि हुन सक्ने उनले चेतावनी दिए । 

‘भारत र पाकिस्तानसँग परमाणु हतियार छन् । यदि यी दुई देशबीच परमाणु युद्ध भए यस क्षेत्रमा मात्र होइन, विश्वभर यसको परिणाम भोग्नुपर्छ । त्यसकारण यो अब अन्तर्राष्ट्रिय समुदायमा निर्भर छ,’ उनले भने ।  

(एजेन्सीको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।