बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउछौं : सञ्चार मन्त्री साह

प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउछौं : सञ्चार मन्त्री साह

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भइरहेको बताएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

पर्सा- प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भइरहेको बताएका छन्। 

National life

आर्थिक भारबाट बन्द हुने स्थानीय पत्रिकालाई प्रथमिकता दिएर कार्ययोजना तयार भइरहेको उनले बताए। उनले पहुँचको आधारमा विज्ञापन दिने कामलाई समेत निरुत्साहित गरिने बताए।

मध्य नेपाल मिडिया प्रालिद्धारा सञ्चालित पत्रिकाको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भीर रहेको बताए। उनले सञ्चार संस्थालाई बर्गाीकरण गरेर त्यसकै आधारमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने बताए।

प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृति महिलालाई मूलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चारमाध्यममार्फत समाजमा विद्यमान विकृतिबारे नागरिकलाई जागरुक बनाउनुपर्नेमा उनले जोड दिए। राज्यको चौथो अंग पत्रकारिताबाट समाजको रुपान्तरण गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजलाई राज्यको निकायमा पुर्‍याउने पत्रकारहरूको पहिलो कर्तव्य भएको उनले बताए।

प्रकाशित: Aug 28, 2021| 07:02 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।