शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. अफगानिस्तानको राजधानी काबुलमा एउटा वैवाहिक समारोहमा भएको एक आत्मघाती विस्फोटमा ६३ जनाको मृत्यु भएको छ। घटनामा १८० जना घाइते भएको राजधानीको प्रहरी प्रशासनले बताएको छ। 

२. टर्कीका अधिवक्ताहरुले राष्ट्रपति भवनमा हुने सबै समारोहहरुलाई बहिस्कार गर्ने निर्णय गरेका छन्। सरकारले न्याय सम्पादनमा निष्पक्षता ल्याउन नसकेको कारण उक्त निर्णय निर्णय लिनुपरेको उनीहरुले बताएका छन्। 

३ ईरानले मध्यपूर्वबाट वैदेशिक सैन्य गतिविधि अब निःशर्त अन्त्य गर्नुपर्ने धारणा राखेको छ। एक समारोहका बीच ईरानी विदेशमन्त्री मोहम्मद जावद जरिफले मध्यपूर्वी क्षेत्रका बाहेक अन्य मुलुकका सेनाहरु यस क्षेत्रमा रहने औचित्य सकिएको एउटा सञ्चार माध्यम तस्नीम न्युज एजेन्सीसँग बताएक छन्। 

४. दक्षिण अमेरिकि मुलुक होन्डुरसमा भएको फूटबल प्रतियोगिताका क्रममा हुलदंगा हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस घटनामा कैयौं जना घाइते भएका थिए। घाइते हुनेमध्य तीन जना फुटबल खेलाडी पनि रहेको जनाइएको छ। हाल त्यहाँ राष्ट्रिय लिगको फुटबल प्रतियोगिता चलिरहेको छ। 

५. बेलायतका ब्रेक्जिट मन्त्रीले बेलायतमा प्रचलनमा आएका सम्पूर्ण युरोपेली संघद्वारा निर्मित एवं बेलायती सरकारद्वारा अनुमोदित कानुनहरु अन्त्य गर्ने एक निर्णयमा हस्ताक्षर गरेका छन्। ब्रेक्जिट मन्त्री स्टेफेन बार्क्लेले उक्त कानुनमा हस्ताक्षर गरेका हुन्।

६. चीन र लाओस मिलेर एउटा नयाँ प्रकारको संयुक्त सैन्य अभ्यास गरेका छन्। यस प्रकारको सैन्य अभ्यासमा हातहतियार एवं गोलीगठ्ठाको प्रयोग भने भएको छैन। “पिस ट्रेन–२०१९“ नाम दिइएको उक्त सैन्य अभियानको उद्देश्य विशुद्ध मानवीयतालाई मध्यनजर गर्दै शुरु गरिएको बताइएको छ। आपत्कालीन समयमा अत्यवश्यक उपचारका उपकरण, औषधिहरु, स्थल एवं हवाई एम्बुलेन्सहरु आदिको प्रयोग गर्नेबारे अभ्यास भएको र यो हालसम्मकै अत्यन्त उच्च स्तरीय अभ्यास भएको बताइएको छ।

७. राज्य नियन्त्रित टेलिभिजन केन्द्र सिरियाको कामिश्ली भन्ने स्थानमा एउटा कार बम विस्फोट भएको छ। आइतबार भएको उक्त घटना आर्बाइेह भन्ने ईलाकाको एउटा विद्यालय नजिक घटेको थियो। घटनामा के कति क्षति भयो थप विवरण आउँन बाँकी रहेको छ। 

८. पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो ट्विटमा जम्मू–कश्मीरबारे गम्भीर मुद्दालाई विश्वकै सर्वोच्च कुटनीतिक निकाय संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाकिस्तानले उठाउन सफल भएको दाबी गरेका छन्। भर्खरै काश्मिरबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा छलफल भएको थियो।  
Image result for imran khan
९. पाकिस्तानको सबैभन्दा बढी द्वन्द्वग्रस्त प्रान्त बलुचिस्तानमा एउटा वरिष्ठ राजनीतिक नेता, तिनका किशोर नाती तथा दुई सुरक्षाकर्मीको गोली हानी हत्या भएको छ। एउटा समारोहपछि आफ्नो निवासतर्फ फर्कंदै गरेका बलुचिस्तान नेशनल पार्टी मेनगल नेता अमानुल्ला जेहरी तड़केको हत्या भएको हो।

१०. अर्जेन्टिनाका अर्थमन्त्री निकोलस दुजोनेले शनिवार आफ्नो पदबाट राजीनामा गरेका छन्। आम निर्वाचन भन्दा पहिले हुने प्रारम्भिक चुनावका क्रममा राष्ट्रपति मारिसियो माक्रीले दिएको रजिनामाका कारण मुलुकमा हुन गएको आर्थिक अराजकतालाई बिचार गर्दै आफूले उक्त निर्णय लिएको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।