शुक्रबार, वैशाख ७, २०८१

१९ वाणिज्य बैंकले पाए धितोपत्र दलालको स्वीकृति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- १९ वटा वाणिज्य बैंकले धितोपत्र व्यवसायका लागि स्वीकृति पाएका छन्। राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकले पनि छुट्टै सहायक कम्पनी खोलेर धितोपत्र कारोबार गर्न पाउने व्यवस्था छ।

सो व्यवस्थापछि धितोपत्र व्यवसायका लागि १९ बैंकले धितोपत्र बोर्डबाट अनुमति लिई स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए। 

स्वीकृति पाउने बैंकमा एनआइसी एसिया बैंक, सानिमा बैंक, मेगा बैंक, जनता बैंक, बैंक अफ काठमाडौं बैंक छन्। यस्तै सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक र सेन्चुरी कमर्सियल बैंकले धितोपत्र व्यवसायको स्वीकृति पाएका छन्।

धितोपत्र व्यवसायका लागि स्वीकृति पाउने अन्य बैंकमा नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक र सिभिल बैंक छन्। 

धितोपत्र व्यवसायमा सीमित कम्पनी मात्र छन्। उनीहरुले बजारमा मोनोपोली गरेको आरोप बढेपछि धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले छलफल गरेर वाणिज्य बैंकहरुलाई पनि धितोपत्र व्यवसाय गर्न दिने निर्णय गरेका थिए। 

सोही निर्णय कार्यान्वयनका लागि गत साउन ८ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले पनि धितोपत्र व्यवसाय गर्न पाउने व्यवस्था गरेको थियो। सोही व्यवस्थालाई टेकेर केन्द्रीय बैंकले १९ वटा वाणिज्य बैंकलाई धितोपत्र व्यवसाय गर्न स्वीकृति दिएको हो। 

बजारमा हालसम्म ५० कम्पनीले मात्र धितोपत्र व्यवसाय गरिरहेका छन्। ती कम्पनी सहर केन्द्रित हुँदा ग्रामीण भेगका जनताले सेयर कारोबार गर्न नपाएको गुनासो बढ्दै गएको थियो। 

वाणिज्य बैंकहरूलाई धितोपत्र कारोबार गर्न दिँदा अनौपचारिक रुपमा कारोबार भइरहेको सेयर बजारको रकम औपचारिक माध्यममा आउने विश्वास सरकारको छ। यसबाट थप राजस्व संकलन हुने अर्थ मन्त्रालयका सचिव राजन खनालले बताए। 

गभर्नर डा. चिरञ्जीवी नेपालका अनुसार वाणिज्य बैंकको पहुँच ७३५ स्थानीय तहमा पुगेको छ। ती बैंकका शाखामार्फत पनि धितोपत्र कारोबार गर्दा स्थानीय र ग्रामीण भेगका जनतामा पनि वित्तीय शिक्षा पुग्नुका साथसाथै उनीहरुले सेयर कारोबार पनि घरमै बसेर गर्न सक्ने सुविधा पाउनेछन्। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले वाणिज्य बैंकहरुलाई धितोपत्रको कारोबार गर्न दिँदा वित्तीय साक्षरता बढ्ने बताए। उनका अनुसार हालसम्म सेयर बजारसम्बन्धी जानकारी १५ देखि १८ प्रतिशत नागरिकमा मात्र छ। 

चारवटा बैंकले भने धितोपत्र व्यवसायसम्बन्धी कार्य गर्न स्वीकृति माग गरेका छैनन्। धितोपत्रको व्यवसायसम्बन्धी कारोबार गर्न माग नगर्ने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र प्राइम कमर्सियल बैंक रहेको राष्ट्र बैंकका गभर्नर डा. नेपालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्