बिहीबार, साउन २८, २०८३

नेकपा प्रमुख सचेतकको घरमा पेट्रोल बम प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बुटवल - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ ।  बिहीबार राति नचिनेका मान्छेको समूहले उनको सैनामैना ७ रामापुर कलौनीमा रहेको घरमा ३ वटा पेट्रोल बम प्रहार गरेको हो। 

ढकाल काठमाडौंको मेडिसिटी अस्पतालमा गत चार दिनदेखि उपचाररत छन्। अज्ञात समूहले उनको लु १ ज ४५६ नम्बर गाडीसहित उनी र उनका बाबुआम सुत्ने कोठामा लक्षित गरी बम प्रहार गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ। घरमा ढकालकी पत्नी र आमाबुबा रहेका थिए। प्रहरीले दिएको जानकारी अनुसार घटनामा परी कुनै मानवीय क्षति भने भएको छैन। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।