बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली

काठमाडौं महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पद बहाली गरेका छन्। पद वहालका क्रममा अर्याललाई कार्यवाहक प्रमुख सुनिता डंगोलसहितका महानगरका पदाधिकारीले स्वागत गरेका थिए। 

वि. सं. २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव भएका हुन्। गएको १ वर्षदेखि उनी पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए। त्यस अघि उनले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन्। 

साउन २० गतेको मन्त्रीपरिषदको निर्णयबाट उनी पोखरा महानगरपालिकाबाट काठमाडौं महानगरपालिकामा सरुवा भएका थिए।   

आज नै आयोजना गरिएको परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले, काठमाडौंलाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रुपमा छवि विकास गर्ने गरी आफूले कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताए। महानगरमा यस अघि सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृत थिए। उमेर हदका कारण उनी साउन २० गते अनिवार्य अवकाशमा गएका थिए।

प्रकाशित: Aug 12, 2026| 17:12 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्