बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा पुन: बम विस्फोट

मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा पुन: बम विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि कालिकोटमा बम विस्फोट गराएको छ। गृह जिल्लाको भ्रमण र योजनाहरुको अनुगमनमाका लागि कालिकोट पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी आज पुन: बम विस्फोट गराइएको हो।

बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन।

कोटिलागाउँबाट रास्कोटको कार्यक्रम स्थलतर्फ जाँदै गर्दा बिहान करिब दश बजेतिर रास्कोटमा दुई वटा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माका अनुसार रास्कोटको कृषि जेटिए कलेज नजिकै बम विस्फोट गराइएको हो। ‘बम पड्किएको सुनियो, म पनि मुख्यमन्त्रीसँगै छु।’, डिएसपी शर्माले भने, ‘आक्रमण भन्दा पनि टाढैबाट तर्साउन खोजेका होलान।’

उनका अनुसार विप्लव समूहले मुख्यमन्त्री शाही र प्रदेशसभा सदस्य कुर्मराज शाहीलाई लक्षित गरी बम विस्फोट गराएको हो। 

यस्तै कालिकोटमा हिजो (बुधबार) पनि विप्लव समूहले मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी पचाल झरनामा बम विस्फोट गराएको थियो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ। कालिकोट विप्लव प्रभावित क्षेत्र मानिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।