काठमाडौं - सुनको भाउले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ। बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेर ७१ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि सुन महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ। यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँ पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४