बिहीबार, साउन २८, २०८३

लिभरपुललाई सिजनको पहिलो उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युइएफए च्याम्पियन्स लिग विजेता लिभरपुलले चेल्सीलई हराउँदै सुपर कपको उपाधि जितेको छ। बुधबार राती भएको खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको हो । 

निर्धारित समयको खेलमा दुबै टोलीले २-२ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा भने चेल्सी ५-४ ले पराजित भएको हो । यसअघि निर्धारित समयको खेलमा लिभरपुलका लागि साडियो मानेले दुई गोल गरेका थिए । 

त्यस्तै चेल्सीका लागि ओलिभर जिराउड र जोर्गिन्होले एक एक गोल गरे । खेलका सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । खेलको ३६ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । 

४८ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । त्यस्तै ९५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाउँदा १०१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । 

तर, पेनाल्टी सुटआउटमा लिभरपुलका गोलरक्षक एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो । यि दुबै टोली युरोपा लिग र च्याम्पियन्स लिगको विजेताको हैसियतले सुपर कपमा भिडेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।