बिहीबार, साउन २८, २०८३

वारी मुख्यमन्त्री, पारी विप्लवको बमबारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम नजिकै दुईबटा बम बिस्फोट भएका छन्।

कालिकोटका पातालझार गाँउपालिका-३ मा मुख्यमन्त्री शाहीले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलका पारीपट्टी सिम्ले जंगलमा दुईवटा बम विस्फोट भएका हुन्।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले दिएको जानकारी अनुसार दिउँसो दुई बजे दुईवटा बिस्फोटका आवाज सुनिएका हुन्। बिस्फोट भएको स्थान मुख्यमन्त्रीले सम्बोधन गरिरहेको स्थानभन्दा झन्डै ५ किलोमिटर टाढाको जंगलमा पर्छ।

जोशीले नेपाल समयसँग भने, ‘मुख्यमन्त्री ज्युलाई लक्षित गरेर बिस्फोट भएको हैन। उहाँ भएको भन्दा झन्डै ५ किलोमिटर टाढा दुईवटा विस्फोटका आवाज सुनिएका हुन्।

पातालझार गाउँपालिकाको ५ औँ विषेश गाउँसभालाई सम्बोधन गर्न शाही बुधबार कालिकोट पुगेका थिए। कालिकोट नेत्रविक्रम चन्द विप्लबको समुहको प्रभावित जिल्ला हो।

मुख्यमन्त्री शाही अझै केही दिन उक्त क्षेत्रमा रहने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।