भोजपुर - नेत्र विक्रम चन्द विप्लव समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्। सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्।
उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति पनि निकालेकाले कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४